विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गर्न पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडौं, साउन ५ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेको छ।
ब्रेक शुमा लुकाइ ल्याइएको एक क्विन्टल सुन भन्सार जाँचपास भएरै बाहिरिएकोि खबर सार्वजानिक भएपछि गृहमन्त्री श्रेष्ठ आँफै विमानस्थलको अध्यागमन र भन्सार निरीक्षणमा गएका हुन्।
उनको साथमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमनका विभागका महानिर्देशक झलकराम अधिकारी, प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायतका थिए। भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनमै प्रश्न चिन्ह खडा भएपछि गृहमन्त्री श्रेष्ठले चासो देखाएका हुन्।
यो प्रकरणमा एक चिनियाँ एक भारतीयसहित १० जना पक्राउ परिसकेका छन्। चिनियाँ नागरिक जेयुङ लिन, ट्रान्स ग्लोबल सर्भिसकै सञ्चालक पुष्कर भट्ट र कृष्णकुमार श्रेष्ठ ,एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ बिहिबार पक्राउ परेका छन् भने बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन्। भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।
यस प्रकरणमा भन्सार विभागले खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ।
यता गृहमन्त्री श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् ।
गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता जनाएका हुन् ।
अनुमगनपछि सञ्चारकर्मीसँग उनले अवैध सुन भित्र्याउने कार्यमा जोसुकै भए पनि कारबाही गरिने र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने जानकारी दिए ।
भ्रष्टाचार र अपराधका कुरा अनुसन्धानमा कुनै कोट, टार र पार्टी मतलब नरहेको भन्दै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए ।















प्रतिक्रिया दिनुहोस्