निउरो टिप्न बाघमारा वन गएका वृद्धको जंगली जनावरको आक्रमणबाट मृत्यु

काठमाडौं, ५ श्रावण । चितवनको बाघमारा सामुदायिक वनमा निउरो टिप्न गएका एक वृद्धको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ।

रत्ननगर नगरपालिका–६ का ७५ वर्षीय नवराज अधिकारी बिहीबार वनमा निउरो टिप्न गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवारजन र छिमेकहरुले खोजतलास गर्नेक्रममा उनी मृत अवस्थामा भेटिएका हुन्। ।

मृतको शरीरका धेरै भागमा चोट लागेको छ। उनको शरीरमा लागेको चोट र घटनास्थलको प्रकृती हेर्दा जंगली जनावरको आक्रमणबाट मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी विजयराज पंडितले जानकारी दिए।

बाघमारा सामुदायिक वन पर्यटकिय नगरी सौराहासँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन पनि हो।

प्रतिक्रिया दिनुहोस्