राष्ट्रपति पौडेलले गरे अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौं, साउन ४ ।  राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणीकरण गरेको बताएका हुन्।

संघीय संसद्को दुवै सदनबाट पारित भएका विधेयकहरू राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रुपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्