प्रधानमन्त्री प्रचण्डसँग कतारका राजदूतको शिष्टाचार भेट

काठमाडौं, साउन ४ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल- हइलले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्