लेखा परीक्षण विवरण नबुझाउने ३९ दललाई आयोगको जरिवाना

काठमाडौं, साउन १ ।  निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माले)सहित ३९ राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरी सो विवरण पेस नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकले तोकिएको समयभित्र लेखापरीक्षण गरे पनि तोकिएको समयमा सार्वजनिक गरी जानकारी नदिएको भन्दै सात हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

ती दललाई सात दिनभित्र विवरण सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन पनि दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्