समायोजनका कर्मचारी स्थानीय तहबाट नफर्काउन स्वास्थ्यकर्मी संघको माग

काठमाडौं, असार ३१ ।  नेपाल स्वास्थ्यकर्मी संघले समायोजनका क्रममा स्थानीय तहमा पठाइएका स्वास्थ्यकर्मीलाई रमाना लिएर फिर्ता नगर्न माग गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै समायोजन भएर गएका स्वास्थ्यकर्मीलाई सोही तहका स्वास्थ्य संस्थामा खटाउन तीनै तहका सरकारसमक्ष माग गरेको हो ।

करार तथा ज्यालादारीका कर्मचारीलाई स्थानीय तहको स्रोतबाट तलब भुत्तानी गर्न र दरबन्दीभन्दा बढी भएकाहरूको संघसँग तलब व्यवस्थापन गर्न संघले माग गरेको छ ।

समायोजन भएर तोकिएको ठाउँमा नगएका, फाजिलमा परेका सबैखाले कर्मचारीको व्यवस्थापन गरी महामारीको बेला स्वास्थ्य सेवा सहज बनाउन संघले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्