नागरिक लगानी कोषको एजीएम आज

काठमाडौं,३१ असार काठमाडौं । नागरिक लगानी कोषको २८ औं वार्षिक साधारण सभा आज आइतबार असार ३१ गते बस्दैछ ।

सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । यस साधारण सभाले १ जना सञ्चालकको निर्वाचित गर्ने छ । सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गरिसकेको छ । २०८० असार १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्