परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता
काठमाडौं, असार २९ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता भएको छ ।
सिंहदरबारस्थीत मन्त्रालयमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो । त्यस्तै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको बुझिएको छ ।
एक दिने नेपाल भ्रमणका क्रममा लु शुक्रबार नै नेपाल आएका हुन् । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्