‘लम्पि स्किन’ रोग नियन्त्रण गर्न सरकार गम्भीर भएन : एमाले

काठमाडौं, असार २९ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लम्पि स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर नभएको बताएको छ । आज (शुक्रबार) को प्रतिनिधिसभा वैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले रोगबाट गाई भैंसी मरिरहँदा पनि सरकारले मलम पट्टी नलगाएको बतए ।

‘चार महिनाको अवधिमा लिम्पि स्किनले विराल रुप लिएको छ । किसानका का गाई भैंसी मरेका छन् । खेती लगाउने समयमा गोरु मरेका छन् । चार महिनाको अवधिमा ८ लाख पशु चौपया संक्रमित भएका छन् । २७ हजार मरेका छन । ३७ अर्बको क्षति भएको छ । सरकराले गम्भीरताका साथ लिनपथ्र्यो । खोप प्रभावकारी ढंगले वितरण गर्नुपथ्र्यो’, उनले भने, ‘सरकारले प्राविधिक पठाउनु पथ्र्यो । औषधि र खोप पठाएको छैन । २ लाख २२ हजारलाई मात्र खोप लगाएको छ ।’

सांसदका लागि भनेको बजेटको रकम कृषकलाई दिन उनले माग गरे । लम्पि स्किन रोगका कारण किसानमा मारमा परेको भन्दै तत्काल नियन्त्रण तथा रोकथाममा पहल गर्न सांसदहरूले माग गरेका छन् ।

संसदमा सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदले माग गरेका हुन् । कांग्रेसका सांसद रामहरि खतिवडाले भने, ‘लम्पि स्किन रोगले एउटा मात्र पार्टी , एउटा मात्र जात, एउटा धर्म, एउटा प्रदेश, एउटा पहाड तराईलाई मात्र छोएको छैन । सम्पूर्ण भूभाग छोएको छ । रोपाइँको बेला गोरु मरेर रोपाइ गर्न पाएको छैन । पहाडमा एक हल गोरु पालेको हुन्छ । लम्पि स्किनले उठ्न नसक्ने भएका छन् । खेत बाँझो भएको छ । त्यस्ता ठाउँमा लम्पि स्किन रोगको उपचार तुरुन्त गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्