अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

काठमाडौँ, असार २९ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आएका छन् ।

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्