दिल्लीमा बाढीले जनजीवन अस्तव्यस्त, शिक्षण संस्था बन्द, कर्मचारीले घरबाटै काम गर्ने
काठमाडौं, असार २८ । भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीको बाढीले ४५ वर्ष पुरानो रेकर्ड तोडेको छ । यमुना नदीको पानीको सतहले २ सय ८ दशमलव ६ मिटर नाघेको छ । यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २ सय ७ दशमलव ४९ मिटर पुगेको थियो ।
अहिले दिल्लीका तल्लो क्षेत्र डुबानमा परेको र पानीको सतह बढ्ने क्रम जारी रह्यो भने आवासीय क्षेत्र पनि यसको प्रभावमा पर्न सक्ने बीबीसी हिन्दीले जनाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आपत्कालीन बैठक बोलाउनुभएको छ भने केन्द्रीय गृहमन्त्री अमित शाहलाई समस्या समाधानका लागि पत्र लेख्नुभएको छ ।
दिल्लीका सडक पानीले भरिएका छन् । बाढी र डुबानका कारण दिल्लीका विद्यालय र कलेज आइतवारसम्म बन्द गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवारसम्म स्कुल, कजेल र विश्वविद्यालय बन्द गरिएको जानकारी दिए ।
यस्तै अत्यावश्यक सेवा दिने सरकारी कार्यालयबाहेक अन्य सबै सरकारी निकायका कर्मचारीलाई घरबाटै काम गर्न पनि मुख्यमन्त्री केजरीवालले निर्देशन दिएका छतन् ।
प्रतिक्रिया दिनुहोस्