माटो बेच्ने प्रअ र अध्यक्षसहित चारविरुद्ध मुद्दा दायर

काठमाडौं, असार २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, अध्यक्षसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले लालझाडी गाउँपालिका- ४ डाँगाजाईस्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा, अध्यक्ष लक्ष्मण रानासहित चारजनाका नाममा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विद्यालयको हाताभित्र रहेको जमिनको गैरकानुनी रूपमा उत्खनन गरेर स्थानीय इँटाभट्टालाई माटो बिक्री गरेको अख्तियारमा उजुरी परेको थियो।

विद्यालयका प्रअ बोहराकै योजनामा अध्यक्ष रानालाई झुक्याएर लाखौँको माटो बिक्री गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्