देशभर १३ हजार १३९ सञ्चार माध्यम, अनलाइन मात्रै ३ हजार ९९०
काठमाडौं, असार २८ । हाल देशभर १३ हजार १३९ सञ्चार माध्यम दर्ता भएर सञ्चालमा रहेका सरकारले जानकारी दिएको छ।
२४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भइ सञ्चालनमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै, गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको मन्त्री शर्माले बताइन्।
बिहीवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्र्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको बताइन्।
उनले आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने पनि जानकारी दिइन्।
‘डिजिटल साक्षरता प्रवर्द्धन गर्ने र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको छ,’ मन्त्री शर्माले भनिन्, ‘आगामी आर्थिक वर्षमा कानुनको तर्जुमा गरी सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने व्यहोरा अवगत गराउन चाहन्छु ।’
naya 1
salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
तर, त्यसरी कानुन बनाउँदा प्रेस स्वतन्त्रता भने सुनिश्चित गरिने उनको भनाइ छ । ‘सधैँ नीति र कानुन तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गरिनेछ । आम सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि विद्यमान ऐन, कानुनमा समसामयिक संशोधन तथा नयाँ तर्जुमा गर्नुपर्ने देखिएको छ,’ मन्त्री शर्माले भनिन् ।
प्रतिक्रिया दिनुहोस्