ठगि गर्ने सहकारीहरुलाई कानुनअनुसार कारबाही हुन्छ: मन्त्री श्रेष्ठ
काठमाडौं, असार २८ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगि गर्ने सहकारीहरुलाई कानुनअनुसार कारबाही गरिने बताएकी छन्।
बिहीवार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएकी हुन्।
उनले सरकारले ठगी गर्ने सहकारीहरुको अनुगमन र जाँचबुझ गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया जारी रहेको बताइन्।
मन्त्री श्रेष्ठले भनिन्, ‘सहकारी ठगी गर्नेलाई प्रचलित कानुनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ। मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचय पत्र वितरणकार्य सम्पन्न भएको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरुको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको छ। ’
उनले आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गरिसक्ने पनि बताइन्।















प्रतिक्रिया दिनुहोस्