कर्मचारीले जस्तोसुकै धम्की दिए पनि सरुवा फिर्ता हुँदैन: मन्त्री बस्नेत
काठमाडौं, असार २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीको सरुवा फिर्ता नहुने बताएका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले कर्मचारीले जस्तोसुकै धम्की दिए पनि सरुवा फिर्ता नहुने अडान लिएका हुन्
मन्त्री बस्नेतले भने, ‘सरुवा फिर्ता नभए आत्महत्या गर्छु भन्दै कर्मचारीहरूले धम्की दिने गरेका छन्। तर मैले सरुवा फिर्ता गर्न सक्दिनँ, बरु आत्महत्या गर्नू भन्ने गरेको छु।’
मन्त्री बस्नेतले आफूले भनेजस्तो नभए दंग्याउने, धम्क्याउने, घुर्क्याउने धेरै रहेको बताए।
कर्मचारीहरु खटाएको ठाउँमा जान आनाकानी गर्ने गर्छन । सरुवा चाहियो भन्दै विभिन्न बाहानामा मन्त्रालयमा धाउने गरको पाइने गर्छ । सोहि कुरालाई मध्यनजर गर्दे मन्त्री बस्नेत आज कडा रुपमा उत्रिएका हुन् ।















प्रतिक्रिया दिनुहोस्