सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

सीताको पार्थिव शरीरमा प्रचण्डसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन् ।दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।

शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्