जनयुद्धमा सीता दाहालले खेलेको भूमिका नयाँ पुस्ताले सम्झिरहने छ : विप्लव

काठमाडौं , असार २७ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सीता दाहाललाई आउने पुस्ताले स्मरण गरिरहने बताएका छन् ।

आज   बिहान निधन भएकी ६९ वर्षीया दाहाललाई श्रद्धाञ्जली अर्पण गर्दै विप्लवले महान् जनयुद्धमा खेलेको क्रान्तिकारी भूमिकालाई आउने पुस्ताले स्मरण गरिरहने बताएका हुन् ।

उनले शोकाकुल प्रचण्ड, परिवार र पार्टी पंक्तिलाई समवेदना प्रकट गरेका छन् । बिहान ८ः ३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्