सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न गृहको सिफारिस

काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्न सिफारिस गरिएको छ।

दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले बताए।

मन्त्रिपरिषद्को बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकीय सम्मानसहित अन्तेष्टि गरिने उनले जानकारी दिए। दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो।

सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो। प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएससी० भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो।

प्रतिक्रिया दिनुहोस्