राष्ट्रपति पौडेलले टेलिफोन गरेर प्रधानमन्त्री दाहाललाई दिए समवेदना
काठमाडौं, असार २७ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोनमार्फत् समवेदना दिएका छन्।
पत्नी शोकमा रहेका प्रचण्डलाई राष्ट्रपति पौडेलले उक्त खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताए। राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन्।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यतिबेला निवासमै आराम गरिरहेका छन्। प्रधानमन्त्री पत्नी सीताको बुधबार बिहान ८:३३ मा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।
उनको पार्थिव शरीरलाई ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा राख्ने र २ बजे पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्