दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा

काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहालका जीवनसंगिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन्।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरू दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका छन्। दाहालको निधनको खबर थाहा पाएपछि उनीहरू श्रद्धाञ्जलि दिन अस्पताल पुगेका हुन्। अन्य पार्टीका नेताहरू पनि अस्पताल आउने क्रम जारी छ।

दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो। ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिइन्।

प्रतिक्रिया दिनुहोस्