१६ हजार घुस लिने प्रधानाध्यापक र समिति अध्यक्ष अख्तियारको फन्दामा

काठमाडौं, असार २६ । शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको छ ।

कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरूलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्