दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर, पाइलटसहित सबै यात्रुको मृत्यु

काठमाडौं, असार २६ ।  आज बिहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेको प्रहरीले बताएको छ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो। हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

मृत्यु हुनेमा पाइलट सीबी गुरुङ र यात्रुहरु तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका छन्। उनीहरु सबै मेक्सिकन नागरिक हुन्, जसमा ३ महिला र २ जना पुरुष छन्। मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो।

प्रतिक्रिया दिनुहोस्