बालुवाटार जग्गा प्रकरण : थप २ जना पक्राउ

काठमाडौं, असार २६ । ललिता निवासको सरकारी जग्गा प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मंगलबार तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्