सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, चालकदलसहित ६ जना

सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, चालकदलसहित ६ जना यात्रु रहेको
काठमाडौं, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर ५–७ मिनेटमा नै सम्पर्कविहीन हुन पुगेको नेपाल वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।

हेलिकप्टरमा चालकदलसहित ६ जना यात्रु रहेका थिए । उडान लगत्तै बिहान १० बजेर १ मिनेटमा सम्पर्कमा आएपनि त्यसपछि सम्पर्क विहीन हुन पुगेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । अहिले घटनास्थलमा खोजि कार्य भइरहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्