प्रधानमन्त्रीको जवाफपछि संसद् बैठक २९ गतेसम्मलाई स्थगित

 

काठमाडौं, असार २५ । गत असार १८ गतेको विवादित अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा जवाफ दिएका छन्।

उनले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको भनेर एक पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिप्रित दुस्ख व्यक्त गरेका छन्।

प्रचण्डले प्रितमसँग पारिवारिक मात्रै सम्बन्ध रहेको बताउँदै उनले नेपालमा प्रधानमन्त्री बनाउने हैसियत नराख्ने पनि बताए।

प्रधानमन्त्रीले उक्त जवाफ दिएपछि प्रतिनिधिसभाको बैठक आगामी असार २९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

एमालेको अवरोधका कारण केहिदिन देखि बैठक बस्न सकेको थिएन् । तिन शिर्ष नेताहरुको आज बसेको बैठकपछि एमाले सकरातमक देखिएको थियो । यसपछि भने बैठक सुचारु भएको हो ।

प्रतिक्रिया दिनुहोस्