निर्दोष कोही तर्सनु पर्दैन, दोषीलाई छुट हुनेछैन: गृहमन्त्री श्रेष्ठ
काठमाडौं, असार २५ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष व्यक्तिले डराउनुपर्ने कारण नरहेको स्पष्ट पारेका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत उनले निर्दोष कोही तर्सनु नपर्ने बताएका हुन् ।
नक्कली शरणार्थी प्रकरण तथा ललिता निवासको जग्गा हिनामिनामा संलग्नविरुद्ध कारबाही प्रक्रिया अघि बढिरहेका बेला गृहमन्त्री श्रेष्ठले दोषीलाई भने छुट नहुने दोहोर्याएका छन् । ‘कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु पर्दैन’, उनले भनेका छन्, ‘दोषी र अपराधीलाई भने छुट हुनेछैन ।’
दोषी र अपराधीलाई कुनै हालतमा छुट नदिइने प्रतिबद्धता पनि गृहमन्त्री श्रेष्ठले जनाएका छन् । कानुन धनी र गरिबका लागि बेग्लाबेग्लै नहुने उनको चेतावनी छ । ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौँ,’ उनले अगाडि भनेका छन् ।















प्रतिक्रिया दिनुहोस्