पुन म्याद थप गर्न बागमतीका अध्यक्ष उद्धब तिमल्सिनाको दौडधुप

काठमाडौं, २३ असार । कार्यकाल सकिनै लागेको बेला अधिकार सम्पन्न एकीकृत सभ्यता वागमती विकास समितिका अध्यक्ष उद्धब तिमल्सिनाले आफ्नो म्याद थप गर्नकोलागि दौडधुप सुरु गरेका छन् ।
वागमती विकास समितिको म्याद यही असार मसान्तबाट सकिंदैछ । तिमिल्सिनाको म्याद भने कात्तिकसम्म छ । तर विकास समितिकै म्याद सकिए पछि अध्यक्षको म्याद पनि स्वत सकिन्छ । त्यसैले विकास समिति र आफ्नो म्याद सँगसँगै थप गर्न तिल्मिसिनाले विभिन्न शक्ति केन्द्र धाउन थालेका छन् । विकास समितिमा रहदा मात्र होइन, यसअघि स्थानीय विकास अधिकारी (एलडिओ)हुँदा उनको पृष्ठभूमि निकै विवादस्त छ ।
बागमती विकास समिति आफ्नो छुट्टै ऐनबाट नभइ गठन आदेशबाट निर्माण भएको हो । गठन आदेशबाट निर्माण भएकोले यसको कार्यकाल सकिए पछि सरकारले म्याद थप गर्नु पर्छ । कार्यकाल थप गर्ने या नगर्ने सरकारको हातमा भर पर्छ ।

सहरी विकास मन्त्रालय मातहतमा रहेको बागमतीको कार्यकाल थप गर्न मन्त्रालयले प्रस्ताव तयार गरेको स्रोतको भनाइ छ । विकास समितिसँगै आफ्नो पनि कार्याकाल थप गर्न अध्यक्ष तिल्मिसिनाले मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सहरी विकास मन्त्री सिता गुरुङकी नीजि सचिव नारायण मैनालीलाई विभिन्न किसिमबाट प्रभावमा पनि पार्न खोजेको मन्त्रालय स्रोतको भनाइ छ । ३ महिना पछि श्रेष्ठ अनिवार्य अवकाशमा जाँदैछन् । जाँदा जाँदै तिमिल्सनाको म्याद थप गर्ने श्रेष्ठको चाहना छ, स्रोत भन्छ, तर मन्त्री गुरुङ आफैं भने तिमिल्सनाको म्याद थप गर्ने पक्षमा छैनन । तिममल्सिनाको विवादस्त पृष्ठभूमिको बारेमा मन्त्री राम्रोसँग जानकार रहेको स्रोतले बतायो । स्रोत भन्छ, तिमिल्सनाको विषयमा बागमतीमा करार तथा ज्यालादारीमा काम गर्ने महिला कर्मचारीहरुले प्रश्न उठाउदै मन्त्रीको नीजि सचिबालयमा लिखित उजुरी समेत दिएका छन् । ‘यस्तो थाहा हुँदाहुँदै मन्त्री ज्युले कसरी म्याद थप गर्नु होला ?–स्रोतले भन्यो ।

तिल्मिसिना बागमतीमा रहदा बागमती कहिले स्थिर भएन । उनकै कारण एक वर्षमा ४ वटा आयोजना प्रमुख तथा विकास समितिका सदस्य सचिव फेरिए । बागमती गठन आदेशमा बागमतीको कार्यकारी अध्यक्षलाई जग्गाको मुआब्जा दिन प्रक्रिया अघि बढाउने विषयमा मात्र अधिकार दिइएको छ तर तिमिल्सनाले बागमतीका हरेक निर्णयमा हस्तक्षेप गर्न खोज्छन, र हरेक योजनामा आफनो भाग खोज्ने गर्छन –स्रोत भन्छ, यहाँसम्म कि, बागमतीमा काम गर्ने कर्मचारीहरूवीचमै उनले गुटबन्दी सिर्जना गर्ने गरेका छन् । यसैगरी आफू निकट कर्मचारीहरुलाई उचालेर आफूलाई मन नपर्ने कर्मचारीको विरोधमा उतार्ने गर्छन ।

वागमतीका सभ्यता विकास समिति स्रोतका अनुसार तिमिल्सनाले आफनो घरमा प्रयोग हुने घरियासी सामानाहरु समेत बागमतीको वजेटबाट खरिद गर्ने गर्छन । केही सामानहरु बागमतीबाट घरमा ल्याउने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । स्रोतले भन्यो – कार्यालयको वजेटबाट उनले विभिन्न रिसोर्टमा बस्ने गर्छन । यहाँसम्म कि, दैनिक खाजा खर्च,त्यो पनि महगों खाजा खर्च तिल्मिसिनाले कार्यालयकै पैसाबाट खाने गरेका छन् । बागमतीका एक जना कर्मचारी भन्छन, बागमतीको पैसालाई उनले आफनो नीजि सरह ठान्ने गर्छन । त्यसैले बागमतीमा समस्या उत्पन्न भएको हो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्ष अघि २०७७ कात्तिकमा तिमिल्सनालाई बागमती विकास समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए । तिल्मिसिना एमाले निकट मानिन्छन । स्रोतका भनाइ छ, तिमल्सिनाको टोलीले करिब २ करोड रुपैयाँ बराबरको फर्जि बिल भुक्तानी गर्न दबाब दिइरहेको छ । २ करोड मध्ये बढीमा १५ लाख मात्र बास्तविक खर्च हो, अरु सबै फर्जि हो–स्रोत भन्छ । अबवकाश पाउनु अघि तिमल्सिनाले २०५८ देखि २०६८सम्म रामेछाप, मोरङ, काठमाडौं लगयत विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी भइ काम गरेका थिए । उनी जुन जुन जिल्लामा काम गर्थे, उनको कार्यकाल निकै विवादस्त बन्ने गरेको थियो । उनीमाथि अकुत सम्पत्ति कमाएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्