प्रधानमन्त्रीले राजीनामा नदिने, संसद् ‘फेस’ गर्ने

काठमाडौं, असार २१ ।  सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताहरूको बैठकबाट राजीनामा दिनु नपर्ने र संसद् ‘फेस’ गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

यता एमाले भने राजीनामा नै दिनुपर्ने बताउँदै आएको छ ।प्रधानमन्त्री दहालले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिपछि नेपालको राजनीति अहिले तरंगित बनेको छ र सो अभिव्यक्ति प्रधानमन्त्री दाहालका लागि महँगो सावित हुने देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्