काठमाडौँको सिडिओमा जितेन्द्र बस्नेत

काठमाडौँ , असार २० । काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा जितेन्द्र बस्नेत नियुक्त भएका छन् ।

हालसम्म गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखामा रही प्रवक्ताको समेत जिम्मेवारीमा रहेका सहसचिव बस्नेतलाई गृह मन्त्रालयले सिडिओ नियुक्त गरेको हो ।

यसअघिका सिडिओ घनश्याम उपाध्यायलाई मंगलबार सरकारले सचिवमा बढुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्