ललिता निवास प्रकरण: मीनबहादुर गुरुङसहित नौं जनालाई सात दिन थुनामा राख्न अनुमति

काठमाडौं, असार १९ ।  ललितानिवास जग्गा हिनामिना मुद्दामा पक्राउ परेका नौं जनालाई सात दिन थुनामा राख्न म्याद थप गरिएको छ ।

संगठित अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले नौं आरोपितलाई सात दिन थुनामा राख्ने अनुमति दिएको हो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सोमबार नेपाल समरजंग कम्पनीका पूर्व अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

यस्तै सिआइबीले आइतबार पनि काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की र नक्कली मोही बाबुराज महर्जनलाई पक्राउ गरेको थियो ।

केही दिनअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की पनि पक्राउ परेका छन् । घटनामा संलग्नविरुद्ध प्रहरीले सरकारी छाप कीर्ते र संगठित अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्