शीर्ष नेतालाई सभामुखको प्रश्न– संसदीय समितिको नेतृत्वबारे सहमति कि चुनाव ?

काठमाडौं, असार १९ ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्वबारे सहमतिमा नपुगे निर्वाचनको प्रक्रिया अघि बढाइने बताएका छन् । प्रमुख तीन दलका शीर्ष नेतालाई उनले यस्तो बताएका हुन् ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा उनले यस्तो बताएका हुन् ।

संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न प्रचण्ड, देउवा र ओली सहमत
“चुनाव गर भन्नुहुन्छ कि सहमति गरौैँ भन्नुहुन्छ ? यो तुरुन्त गरौँ । तपाईंहरूले गर्नु भएन भने मैले स्टेप चाल्नुपर्ने हुन्छ भनेँ । मूलतः संसदीय गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो,” छलफलपछि सभामुख घिमिरेले भने ।

उनले सहमति नभए संसदीय समितिको नेतृत्व चयन गर्न तत्काल निर्वाचनको मिति तोकिने बताए । समितिको नेतृत्व चयनपछि विभिन्न विधेयकमाथि छलफल हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्