डीपीएल फाइनलमा कसले मार्ला बाजी ? टिम चौराहले काठमाडौंलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा काठमाडौं गोल्डेन्सले जित्नका लागि १ सय ८२ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको धनगढी टिम चौराहले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनायो । १० रन जोड्दा पहिलो विकेट गुमाएपनि सुनिल धमला र रोहन मुस्तफाले दोस्रो विकेटका लागि १४२ रनको साझेदारी गरे ।

ओपनिङमा आएका सुनिल धमलाले ६३ बलमा ७८ रन बनाए । उनले ३ छक्का र ८ चौका हाने ।

रोहन मुस्तफाले ४२ बलमा ४ चौका र ४ छक्काको मद्धतमा ६० रन बनाए । उनी १८ औं ओभरको पहिलो बलमा रन आउट भएका थिए ।

यस्तै सोमपाल कामीले ४ बलमा एक चौकासहित ८ रन बनाए । सोनु तामाङ भाटीकै बलमा डक आउट भए ।

प्रतिक्रिया दिनुहोस्