प्रतिनिधि सभा बैठक: बजेटसँग सम्बन्धित २ विधेयक पारित गरिने
काठमाडौं, असार १७ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठकमा आज (आइतबार) बजेटसँग सम्बन्धित दुई विधेयक पारित गर्ने कार्यसूची छ।
आइतबारको बैठकमा आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि छलफल भइ दुवै विधेयक पारित गर्ने कार्यसूची छ।
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ। बैठकको सुरुमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ। त्यसपछि विधेयकमा प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ।
राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल भइ प्रास्त संशोधनहरुलाई निर्णार्थ प्रस्तुत गरिनेछ। त्यसपछि विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।
प्रतिनिधि सभाबाट विनियोजन विधेयक यसअघि नै पारित भइसकेको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पारित भएपछि आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यान्वयनको बाटो खुल्नेछ।















प्रतिक्रिया दिनुहोस्