श्री एयरलायन्सका उडान रद्द
काठमाडौँ, असार १७ । श्री एयरलायन्सले आज (आइतबार) का सबै उडान रद्द गरेको छ ।
विभिन्न जहाजमा पटक–पटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान रद्द गरेको प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
हिजो पनि काठमाडौँबाट धनगढी उडेको जहाज अवतरण नगरी पुन काठमाडौँ नै फर्किएको थियो ।
‘आज सबै जहाजलाई ग्राउन्डेड गरेर राम्रोसँग जाँच गर्छौँ, भोलिदेखि नियमित उडान शुरु हुन्छ,’ मानन्धरले भने ।
आजको लागि टिकट काटेका यात्रुलाई अरु जहाजमा पठाउने र पैसा फिर्ता गर्ने पनि उनले जानकारी दिए । श्री एयरलायन्ससँग अहिले ८ वटा जहाज रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्