नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

काठमाडौं, १७ असार । नारायणगढ-मुग्लिन सडकखण्ड नः अवरुद्ध भएको छ । २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालमा आएको थियो । शनिबार रातिदेखि पुनः अवरुद्ध भएको छ । राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको हो ।
तर राति साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ ।

अहिले पहिरो पन्छाइरहेको मुग्लिनस्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । ‘राति १० बजेदेखि पहिरो खस्न सुरु गरेको थियो । राति साढे ११ बजेतिर त अघिल्ला दिनको तुलनामा ठूलै पहिरो खसेर दुईतर्फी नै सडक अवरुद्ध भयो,’ प्रहरी निरीक्षक तामाङले जानकारी दिए । उनले भने, पहिरो पन्छाउन समय लाग्ला जस्तो छ । कति समयपछि सडक खुलाउन सकिन्न भन्न ेकरो एकिन छैन । नारायणगढ(मुग्लिन सडकखण्डको तुइन खोला पुल बनाउनका लागि अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा पर्दै आएका छन् । सडकमा सवारी साधनहरूको लामो लाइन लागेको छ । यसले गर्दा सडक यात्रा जोखिममा परेको छ । हरेक वर्ष यात्रुहरुले समस्या भोग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्