मन्त्रिपरिषद् बैठक, यस्ता छन् १३ निर्णय

काठमाडौं , असार १५ । सरकारले सुर्खेतको गुर्भाकोट नगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका, रौतहटको गुजरा नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र म्याग्दीको मालिका गाउँपालिकामा परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले योसहित १३ निर्णय गरेको हो ।

त्यस्तै, बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा बर्दियाका नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्