पहिरो अवरुद्ध नारायणगढ- मुग्लिन सडकखण्ड खुल्यो
काठमाडौं, असार १५ । बिहीबार मध्यान्हबाट अवरुद्ध भएको नारायणगढ- मुग्लिन सडक खण्ड खुलेको छ। बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक केहीबेर अघिबाट सञ्चालनमा आएको हो।
अवरुद्ध सडकखण्डको अवस्था बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने पनि पुगेका छन्। उनका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार चितवनमा आयोजित धान दिवसको कार्यक्रम सकेर सभापति लामिछाने अवरुछ सडकखण्डको अवलोकनमा पुगेका हुन्।
अहिले उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको सिग्देलले जानकारी दिए।डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भएको थियो।
बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरेर सडक खोलिएको हो। उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्दछन्।
प्रतिक्रिया दिनुहोस्