चेन्नाई किङ्सका सुरेश रैनाले दुई खेल गुमाउने
एजेन्सी । चेन्नाई सुपर किङ्सका दरिला ब्याट्सम्यान सुरेश रैनाले चोटका कारण दुई खेल गुमाउने भएको छ । पिंडौलाको चोटका कारण रैनाले दुई खेल गुमाउने भएका हुन् । कोलकता नाईट राइडर्सविरुद्धको खेलमा उनलाई चोट लागेको थियो ।
रैनाको चोटले चेन्नाईलाई मिडल अडरमा थप समस्या पर्न सक्नेछ । केदार जाधब यसअघि ह्यामस्ट्रिंगका कारण पुरै सिजन गुमाउने पक्का भएपछि रैनाको चोटले चेन्नाईलाई थप समस्यामा पारेको हो ।
प्रतिक्रिया दिनुहोस्