प्रधानमन्त्री ओलीले मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले वैशाख १ गते शनिबार राराबाट देशबासीलाई सम्बोधन गर्नेछन् ।

रारा पर्यटन वर्ष उदघाटनका लागि प्रधानमन्त्री ओली रारा जाँदैछन् । उनी शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।
शनिबार बिहान मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने र रारा पर्यटन वर्ष–२०७५ उदघाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्