नारायणगढ-मुग्लिन सडक अझै अवरुद्ध

काठमाडौं, आसार १५ ।  बिहीबार दिउँसोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन ।

पहिरो जाने क्रम नरोकिएपछि अवरुद्ध सडक खुलाउन नसकिएको हो । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सबहीबार दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुंगा झरिरहेको छ । अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन ।

पानी रोकिदा पनि पहिरो भने खसिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ढुंगा खसिरहेकाले अवरुद्ध सडक खुलाउन नसकिएको हो । पहिरो पन्छाउने क्रममा बिहीबार प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते भएका थिए ।

बिहीबार दिउसो साँढे १ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि दर्जनौं सवारी साधन बिच बाटोमा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्