गोकर्णेश्वर बासिलाई खानेपानीको व्यवस्था नमिलाए पानी वितरण रोक्छौंः प्रमुख रिसाल
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले गोकर्णेश्वर बासीलाई मेलम्ची र सुन्दरीजलको पानी अविलम्ब वितरण गर्न माग गरेका छन् ।
स्थानीय बासीलाई खानेपानी उपलब्ध गराउन माग गर्दै प्रमुख रिसालले कठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पत्र बुझाएको छ ।
स्थानीय बासीलाई खोनपानी ठूलो समस्या भएको र सुन्दरीजल खानेपानी आयोजना, मेलम्ची खानेपानी आयोजना जस्ता ठूलो आयोजना यहाँबाटै वितरण गरेता पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले यहाँका बासिन्दालाई खानेपानीको व्यवस्था नमिलाएको भन्दै मेयर रिसालले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाङकालका प्रमुख नारायण कर्णलाई पत्र बुझाएका हुन् ।
उनले भने, मेलम्चीको पानी यहि नगर भएर अन्यत्र लैजाने तर गोकर्णेश्वर नगरबासी पानीको प्यासले आक्रान्त हुने, आकुलव्यकुल हुनुपर्ने यो कस्तो प्रवृत्ति हो ? उनले पश्न गरे । अब पनि यसलाई बेवास्ता गर्ने हो भने पानी वितरणमा अवरोध गरेर ठप्प पार्छौं । यस्तो कठिन कार्य गर्न हामी पछिपर्ने छैनौं ।
यदि गर्दा पनि खानेपानीको व्यवस्था नमिलाए वा नगरबासीलाई खानेपानीबाट बञ्चित राखेमा अवरोध गरि वितरण कार्य बन्द गर्ने रिसालले चेतावनी दिए ।
मेलम्ची र सुन्दरीजलको खानेपानी गोकर्णेश्वर कै बाटो हुँदै गएपनि नगरबासीलाई भने अहिले शुद्ध खानेपानीको अभाव रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट वितरण हुने सुन्दरीजलको खानेपानी वडा नं १,२,३ र ४ सम्म वितरण भइरहेको र वडा नं ५, ६,७,८,र ९ वडाहरुको लागि लाइनबाट वितरण हुने व्यवस्था मिलाईदिन उनले आग्रह गरे ।
सो विषयमा महाङकालका प्रमुख नारायण कर्णले सकारात्मक जवाफ दिएको मेयर रिसालले जानकारी दिए । नगरबासीले शुद्ध खानेपानी पिउन पाउनु पर्ने नगरपालिकाको पहिलो प्राथमिकता रहेको र सोहि अनुसार मेलम्ची र सुन्दरीजलको पानी वितरण गरिदिनु पर्ने माग सहित मेयर दिपक रिसाल स्वयंम उपत्यका खानेपानीको कार्यालय चेतावी दिएका हुन् ।
स्वस्थ्य खानेपानी अधिकारबाट जनता बञ्चित हुनु दुःखद् पक्ष भएको यहाँको बुझाई छ । यसलाई पहल गर्न आफूहरु लागिरहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्