११ दिनपछि डिस्चार्ज भए राष्ट्रपति पौडेल
काठमाडौं, असार १३ । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
अस्पतालमा उनको छातीमा पेस मेकर राखिएको थियो । उनी आज डिस्चार्ज भएर राष्ट्रपति निवास फर्किएका हुन् ।
चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्