लिलिता निवास प्रकरण : पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ , असार १३ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सरकारी लिखत किर्ते गरेर पास गर्ने काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४ अभियुक्तलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले उक्त काण्डमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
मंगलबार पक्राउ परेका उनीहरुलाई प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बुधबार अदालतमा उपस्थित गराएको थियो ।















प्रतिक्रिया दिनुहोस्