ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ, पक्राउ पर्नेको संख्या ७ पुग्यो
काठमाडौँ, असार १२ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ परेका छन्।
शाहलाई सीआईबीको टोलीले धुम्बाराही निवासबाट पक्राउ गरेको हो।
शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रहेका थिए।
योसंगै ललित निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।















प्रतिक्रिया दिनुहोस्