काठमाडौंका स्वबासीहरूलाई लालपुर्जा दिन प्रक्रिया अगाडि बढेको छ :  मन्त्री श्रेष्ठ

काठमाडौं, असार १२ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका स्वबासीहरुलाई जग्गाधनि पुर्जा दिने प्रक्रिया अगाडी बढाइएको बताएकी छिन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले काठमाडौंमा कमैया जीवन बिताउन बाध्य धेरै मुलवासी नेवारहरु रहेका भन्दै उनीहरुलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाइएको बताइन्।

उनले भूमिहिनहरुलाई जग्गाको लालपुर्जा दिन राष्ट्रिय भुमि आयोगले ७७ वटै जिल्लामा काम गरिरहेको पनि बताइन्।

उनले सहकारी पीडितहरु आन्दोलित भइरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको पनि बताइन्। गरिब घर, परिवार पहिचान गरी परिचयपत्र वितरण गरिने पनि उनले जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस्