बिहीबार सार्वजनिक बिदा
काठमाडौं, असार १२ । सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज (मंगलबार) सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो ।
















प्रतिक्रिया दिनुहोस्