बजेट पासका पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप

काठमाडौं , असार १२ । नेपाली कांग्रेसले बजेट पासका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० (आर्थिक वर्ष २०८०/ ८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुँदैछ।

उक्त बैठकमा अनिवार्य उपस्थित भई विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई ह्विप लगाएको हो।

प्रतिक्रिया दिनुहोस्