भारतको ओडिसामा बस दुर्घटना : ११ जनाको मृत्यु

काठमाडौं, असार ११ ।  भारतको ओडिसामा यात्रु बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ ।

आठ यात्रु गम्भीर घाइते भएका छन् । सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गए राति बस दुर्घटना भएको हो ।

ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो ।

मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ । ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३–३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्