संसदले बजेट परिमार्जन गर्नसक्ने व्यवस्था गरौँः प्रमुख सचेतक लेखक

काठमाडौं, असार १० । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

उनले बजेट संशोधन हुँदैन भने संसदभित्र बजेटको सम्बन्धमा भएको छलफलको औचित्य माथि नै प्रश्न उठ्न थालेको भन्दै यसप्रति सबै गम्भिर हुनुपर्ने बताए।
उनले बजेटको सवालमा संसदको भुमिका निर्धारण गर्न जरुरी रहेको बताए।

हाल भएको अवधारणालाई परिमार्जन गरेर संसदबाट बजेट परिमार्जन हुनसक्छ भन्ने अवधारणा बनाउनुपर्ने उनले बताए। यद्यपी सरकारले यसपटक ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्