नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाए सरह हो : सांसद भट्टराई
काठमाडौं , असार ८ । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना पर्ने नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गर्नुभएको हो ।
सांसद भट्टराईले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताउनुभयो । उहाँले यदी ग्राउण्ड ह्याण्डिलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताउनुभयो ।
सांसद भट्टराईले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताउनुभयो । उहाँले निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो ।
सांसद भट्टराईले निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको बताउनुभयो । उहाँले नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी रहेको बताउनुभयो । उहाँले एमालले तीन वर्ष सरकार सञ्चालनमा गर्दा एक जना पनि कर्मचारी थप नभएको भन्दै अहिले निगममा सयौं कर्मचारी भर्ती गरिएको भन्दै असन्तुष्टी जनाउनुभयो ।
सांसद भट्टराईले निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालिएको बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगमलाई संरचनागत हिसावले सुधार गर्न आवश्यक रहेको बताउनुभयो । सांसद भट्टाराई एमालेको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निस्कर्षमा पुगे पनि निजीकरण ग¥यो भनेर काम गर्न नदिइएको बताउनुभयो । उहाँले सर्वसाधरण समेतलाई शेयर निस्काषन हुने गरी पब्लिक कम्पनीमा लैजान जरुरी रहेको बताउनुभयो । उहाँले त्यसको लागि प्रवन्धपत्र तयार भएको बताउनुभयो ।
सांसद भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको भन्दै विमानस्थलको क्षमता अधितम ९० लाख रहेको बताउनुभयो ।
सांसद भट्टराईले पोखरा, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपनि ती विमानस्थलाई जनतालाई सहजता भन्दा पनि पर्यटकीय विमानस्थल बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकीय गन्तव्य ठाउँमा भएकाले आफैँले उत्पादन गर्नुपर्ने बताउनुभयो ।
सांसद भट्टराईले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर गल्ती भएको भन्दै विमास्थल चलाउन सरकारले पनि पहल गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले काठमाडौंको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ९० वटा रहेको र अर्को वर्ष ११० वा ११५ अन्तर्राष्ट्रिय उडान हुने वित्तिकै साँघुरो हुने बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भनेको निजगढ बाहेक अन्य हुन नसक्ने भन्दै निजगढ विमानस्थल सरकारले बनाउनै पर्ने बताउनुभयो ।
सांसद भट्टराईले नेपालमा ५५ वटा विमानस्थलहरु रहेपनि धेरै विमानस्थलहरु चल्न नसकेको बताउनुभयो । उहाँले विमानस्थल नयाँ थप्ने की नथप्ने भन्ने ठूलो नीतिगत प्रश्न उठेको भन्दै अनाश्वयक रुपमा नयाँ विमानस्थल थप्न आवश्यक नभएको बताउनुभयो । उहाँले विमानस्थल व्यवसायिक प्रतिफल,पर्यटन र जनताको सहजताका लागि निर्माण गरिने बताउनुभयो ।
सांसद भट्टराईले ताप्लेजुङको सुकेटार, संखुवासभाको तुम्लिङटार, लुक्ला सोलुखुम्बु, सिमीकोट हुम्ला र ताल्चा मुगु विमानस्थल पर्यटकीय हिसावले महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यी विमानस्थलको सकेसम्म सरकारले स्तरोन्नति गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्